२० लाख पारिश्रमिक रकम लिएर अनमोलले साइन गरे नयाँ फिल्म
युवा स्टार नायक अनमोल केसीले २० लाख पारिश्रमीक लिदैं एक नयाँ फिल्म खेल्ने सहमती गरेका छन् । फिल्म ‘कृ’ का लागि अनमोलले उक्त महंगो पारिश्रमिक लिएका हुन् । सुवास इन्टरटेन्मेन्टको तर्फबाट निर्माता सुवास गिरी र नायक अनमोल केसीले सम्झौता पत्रमा आइतबार हस्ताक्षर गरे ।
द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माण रहने फिल्म ‘कृ’ लाई फिल्म सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । पौडेलले यसअघि फिल्म ‘आभाष’ निर्देशन गरेका थिए । यस्तै फिल्ममा श्री पराजुली सह–निर्माता र कमल गिरी कार्यकारी निर्माताको रुपमा रहनेछन् । पाँचौ फिल्मको लागि अनमोलले ६ महिनाको पुर्व तयारी गर्नेछन् । ‘कृ’ खेल्ने हस्ताक्षर गर्दै अनमोलले भने, ‘म आफ्नो भविष्यलाई कसरी ‘डिमाण्डेड’ बनाउँ भनेर सोच्छु । यो सँगै निर्माता पनि सन्तुष्ट हुनुपर्छ भन्ने मान्यता राख्छु ।’ आफ्नो पारिश्रमीक बारे अनमोलले यसो भनेका थिए :
निर्माता सुवास गिरीले अनमोलले फिल्ममा निर्वाह गर्ने भूमिकालाई लिएर उक्त महंगो पारिश्रमिक रकम दिएको दाबी गरेका छन् । यस्तै निर्देशक पौडेलले अनमोल हालसम्मका भन्दा आफ्नो फिल्ममा फरक भूमिकामा प्रस्तुत हुने बताएका छन् । ‘कृ’ को छायाँकन फागुनदेखि मात्रै सुरु हुनेछ । ‘होस्टेल’ डेव्यु अनमोलका ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ लगालग सुपरहिट भैरहेका छन् ।
For More videos Log on to Mazzako TV