आइतबार पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक भएको नयाँ शक्ति नेपाल पार्टीको घोषणा कार्यक्रमको सञ्चालन अभिनेत्री करिश्मा मानन्धर र जनजाती नेता पासाङ शेर्पा गरेका थिए । सदाबहार नायिका मानन्धरको कार्यक्रम सञ्चालन गर्ने शैलीलाई लिएर यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ ।

karishma-manandhar-in-naya-shakti

कार्यक्रम सञ्चालन गर्दा अत्तालिएका, वत्ताको नाम उल्टो भनेको र पद अनुसारको सम्बोधन नगरेको भन्दै करिश्माको कार्यक्रम सञ्चालन गर्ने शैलीको विरोध भएको हो । हजारौं व्यक्ति सहभागी भएको कार्यक्रममा करिश्माले अंग्रेजी राम्रो नबोलेको भन्ने समेत आरोप छ । करिश्माको कार्यक्रम सञ्चालन गर्ने शैलीलाई विशेषगरी ट्वीटरमा खिल्ली उडाइएको छ ।

twiter

For More videos Log on to Mazzako TV