तीन तस्बिरमा हेर्नुस् रेखा र छविको प्रेम : के ‘प्याचअप’ को सम्भावना छ ?
नायिका रेखा र निर्माता छविराज ओझा नेपाली रंग पत्रकारितामा सर्वाधिक स्थान पाउने जोडी हुन् । बैवाहिक सम्बन्धमा ‘ब्रेकअप’ भएपछि पनि यी दुईको उत्तिकै चर्चा हुन्छ । कुनै बेला एकआपसमा नबोल्ने रेखा र छविको केही समयदेखि भने मज्जाको दोस्ती जमिरहेको छ ।
शनिबार राती रेखाले आयोजना गरेको दीदीको छोराको जन्मदिनमा छविराज पाहुना बनेर पुगेका थिए । उनले रेखाका सबै आफन्त सँग साक्षत्कार गरे अनि रेखासँग हाँसी खुसी क्यामेरामा पोज दिए । ‘वर्थ डे पार्टी’ सकाएर छविराज सबै जना सँगै निस्किए । यो माहोल देख्दा लाग्थ्यो रेखा र छविबिचको वैबाहिक सम्बन्धमा ‘ब्रेकअप’ आएको छैन या ‘ब्रेकअप’ भएपनि ‘प्याचअप’ को सम्भावना प्रवल छ ।
तर, रेखा र छविले आफुहरुबिच ‘प्याचअप’ को सम्भावना नभएको बारम्बार बताउँदै आएका छन् । जे होस्, मज्जाको अनलाईन डटकमका कमल प्रसाईंले खिचेका तीन तस्बिरहरुकमा भने रेखा र छविको सम्बन्ध ‘प्याचअप’ को लागि आतुर भए जस्तो प्रष्टै देखिन्छ ।