रेखा थापाले निर्माण गरेको फिल्म ‘राम प्यारी’ बाट रजतपटमा डेव्यु गरेका नायक आभाष अधिकारी २४ वर्षमा लागेका छन् । जेठ २८ गते आभाषको २४ औं जन्मदिन अविष्मरणीय रह्यो । रेखा ‘मामु’ ले उनलाई सरप्राइज उपहार दिइन् ।

avash-birth-day2 copy
केक काट्ने तयारी हुँदै थियो, रेखाले सोधिन्, ‘तिमी अहिले कसलाई सबैभन्दा धेरै मिस गरिरहेका छौं ?’ आभाषले भने, ‘तपाईंहरु त सबै यहाँ हुनुहुन्छ । मेरो मामुलाई सबैभन्दा बढी मिस गरिरहेको छु ।’ रेखाकी जेठी दिदि पार्वती थापा अर्थात् आभाषकी ‘मामु’ इजराइलमा थिइन् । विगत पाँच वर्षदेखि उनीहरुको भेट भएको थिएन् ।

avash-birth-day copy

रेखाले आभाषलाई फेरी सोधिन्, ‘मामुसँग कुरा गर्छौ त ?’ ‘भो पर्दैन, बिहान कुरा भैसक्यो ।’ ‘उसो भए आँखा बन्द गर्’ रेखाले भने बमोजिम आभाष र रेखाकी आमा (सरस्वती थापा) को आँखा छोपियो । आँखा खोल्दा अगाडी पार्वती ‘मामु’ वर्थ डे उपहार लिएर आइपुगिन् । अकास्मात् मामुलाई अगाडी देखेपछि आभाष आश्चर्यमा परे ।

avash-birth-day1 copy

उनका आँखाबाट खुसीका आँसु वर्षिए । वर्थ डेको माहोल केहीबेर स्तब्ध बन्यो । आभाषले आँसु पुछ्दै भने, ‘मामु आउनु हुन्छ भनेर मैंले कल्पनै गरेको थिइन् । थ्यङ्क्यु रेखा र तारा मामु !’ सानैमा पिता गुमाएका आभाष मामाघर विराटनगरमै हुर्किएका हुन् ।

avash-birth-day-celebration3 copy

आभाषको जन्मदिनमा रेखाले आफन्त र सिमित सर्कललाई निम्त्याएकी थिइन् । निर्माता छविराज ओझा, नायक सविन श्रेष्ठ, नायिका पूजा शर्मा, निर्माता सुरेश अधिकारी, पुर्व मिस नेपाल उषा खड्गी लगायत सहभागी थिए ।  वर्थ डेमा उनीहरुले धेरै रमाइलो गरे । तस्बिरहरु : विनोद पोखरेल

avash-parbati-mamu copy

avash-birth-day-rekha-thapa

chabi-rekha-avash copy

dance copy

rekha-suresh-pooja-dance

For More videos Log on to Mazzako TV