फेरी चल्यो अनमोलको स्टारडम : दुई दिनमै ‘गाजलु’ लाई डेढ करोड नजिक
अनमोल केसी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘गाजलु’ ले प्रदर्शनको दुई दिनमै डेढ करोड नजिकको ग्रस कलेक्सन गर्न सफल भएको छ । हेमराज विसी निर्देशित यो फिल्मले प्रदर्शनको पहिलो दिन ४५ लाख र दोश्रो दिन शनिबार ९० लाख माथिको व्यापार गरेको निर्माता रोहित अधिकारीले बताए । दुई दिनमा फिल्मको ग्रस व्यापार एक करोड पैतिस लाख हुन आउँछ ।
निर्माता अधिकारीका अनुसार हल र शो संख्या बढेपछि दोश्रो दिन शनिबार फिल्मको व्यापार दोब्बर हुन गएको हो । राजधानीका मल्टिप्लेक्स सहित पोखरा, धरान, दमक, विर्तामोडमा ‘गाजलु’ को व्यापार आक्रमक छ । ‘ड्रिम्स’ पछि ‘गाजलु’ ले दुई दिनमा यति उच्च ग्रस कलेक्सन गरेको हो । ‘गाजलु’ को व्यापार उच्च हुनुमा विशेषतः अनमोल केसीको स्टारडम नै मुख्य कारक बन्यो भने पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ पनि अर्को कारक बनिन् । चौधो फिल्मसम्म आउँदा अनमोलको अभिनय सुधारिएको छ भने सृष्टिले पहिलो फिल्मबाटै वाही वाही पाइरहेकी छिन् ।
पुर्व कुमारीको प्रेम कथा माथि बनेको फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान र रितिक शाहीको मुख्य भूमिका रहेको छ । फिल्मका सबै कलाकारहरुको अभिनयलाई रुचाइएको छ । शनिबार अष्टनारायण हलमा ‘गाजलु’ हेर्न आएका दर्शककको भिड हेर्नुस् :
For More videos Log on to Mazzako TV