प्रदर्शनरत फिल्म ‘गाजलु’ मा कलाकार सलोन बस्नेत हिरो होइनन् । तर, शनिबार मध्यान्ह्को शोमा बालाजुस्थित अष्टनारायण हलमा पुग्दा सलोनको क्रेज कुनै हिरोको भन्दा कम देखिएन ।
salon-basnet-at-asta1
हेमराज विसी निर्देशित फिल्म ‘गाजलु’ मा जेशन नामक चटपटे साथीको भूमिकामा प्रस्तुत भएका सलोनसँग अष्ट नारायण हलमा दर्शकहरुले तँछामँछान गर्दै सेल्फी खिचे । दर्शकको हुलमा सलोन एकछिन हराएका थिए । सलोनसँगै अर्का कलाकार रितिक शाहीसँग पनि दर्शकहरु सेल्फी खिच्न झुम्मिए । सलोनको उक्त भूमिकालाई दर्शकले औधी रुचाएको पाइयो ।

salon-basnet-at-asta
सलोन र रितिकपछि अष्टनारायण हलमा फिल्मकी नायिका सृष्टि श्रेष्ठ पनि पुगेकी थिइन् । फिल्म सुरु हुनु भन्दा पहिला उनले दर्शकलाई अभिवादन गरिन् । निर्देशक हेमराज विसी र निर्माता रोहित अधिकारी हलमा दर्शकको फ्लो देखेर निकै उत्साहित देखिन्थे ।

gajalu-asta1
अष्ट नारायण हलमा बिहानी शोम तीनै वटा हलहरु हाउसफूल भएका थिए । आज शनिबार राजधानीका मल्टिप्लेक्स सहित मोफसलका अधिकाशं हलहरुमा ‘गाजलु’ हाउसफूल भएको रिपार्ट प्राप्त आइरहेका छन् ।

salon-ritik-at-asta
कलाकारहरु सृष्टि, गौरव पहारी, मेनुका प्रधान, सलोन र रितिकलाई लिएर निर्देशक र निर्माता राजधानीका हलहरुमा घुमिरहेका छन् । अनमोल भने ‘गाजलु’ टिमसँग हिंडेका छैनन् । पुर्व कुमारीको प्रेम कथामा आधारित फिल्मलाई दर्शकले रुचाएका छन् ।

gajalu-asta

For More videos Log on to Mazzako TV