अनमोल केसी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘गाजलु’ ले अपेक्षाकृत उच्च सुरुवाती ओपनिङ गरेको छ । हेमराज विसी निर्देशित फिल्मको शुक्रबारको व्यापार वम्परको रहेको हलवालाले बताएका छन् । निर्माता रोहित अधिकारीका अनुसार मल्टिप्लेक्स पर्दामा ‘गाजलु’ को अकुपेन्सी शत प्रतिशत छ । मल्टीप्लेक्स हलवालाले पनि निर्माता अधिकारीको जानकारीलाई सही थप्दै भनेका छन्, ‘गाजलुले वम्पर हान्यो ।’

gajalu first look
काठमाण्डौं र मोफसल गरी ८० बढी हलहरुबाट प्रदर्शनमा आएको फिल्म ‘गाजलु’ मा दर्शकको चाप उच्च छ । क्युएफएक्स अन्तर्गतका कुमारी, जय नेपाल र सिभिल मलले शनिबार ‘गाजलु’ लाई बाह्र शो उपलब्ध गराएका छन्, जसको अग्रिम टिकेट बुकिङ कार्य जारी छ । चावाहिलस्थित गोपिकृष्ण हलबाट भने ‘गाजलु’ लाई दोश्रो शोदेखि उतारिएको छ । बिहिबार गरिएको प्रिमियरमा ‘गाजलु’ लाई सुखद प्रतित्रिया मिलेको थियो । ‘गाजलु’ प्रिमियरमा देखिएको मज्जाको दृश्य र फिल्म हेरेपछि सहभागीले दिएको प्रतिक्रियाको भिडियो हेर्नुस् :

पुर्व कुमारीसँगको प्रेम कथा माथि बनेको फिल्म ‘गाजलु’ मा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान र रितिक शाहीको मुख्य भूमिका रहेको छ ।

For More videos Log on to Mazzako TV