चलचित्र कलाकार संघले पहिलो पटक आयोजना गर्न लागेको फान अवार्ड ०७१ को उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक २४ मनोनयन मध्ये नव नायिकको मनोनयनलाई लिएर विवाद सृजना भएको छ । फिल्म ‘पशुपती प्रसाद’ बाट नव नायिकाको मनोनयमा परेकी वर्षालाई उक्त मनोनयनमा राख्नु नहुने भन्ने आवाजहरु बाहिर आएका छन् । वर्षालाई नव नायिकाको मनोनयनमा राखेर के फानले गल्ती गरेकै हो त ?

barsha-siwakoti

नायिका सिवाकोटी स्वयमले आफु नव नायिका नै रहेको बताएकी छन् । फानको मनोनयन र बजारमा भैरहेको विवाद बारे वर्षाले मज्जाको अनलाईन डटकमसँग भनिन्, ‘हो मैंले नाईं नभन्नू ल २’ बाट अभिनयको यात्रा सुरु गरें । तर नायिकाको रुपमा भने म ‘पशुपति प्रसाद’ बाट चिनिएँ भूमिका पनि त्यही रुपमा गरें ।’ फेरी ‘पशुपती प्रसाद’ युनिटले फानको फारममा आफुलाई नव नायिकामा राखेकाले विवाद गर्नुको तुक नभएको वर्षाले बताइन् ।

barsha-prakash
असार १८ गते राजधानीमा आयोजना हुने फान अवार्डका सह संयोजक प्रकाश सुवेदीले अवार्डमा हुने यस्ता विवादलाई सामान्य रुपमा लिनुपर्ने धारणा राखे । उनले भने, ‘नेपालका कुन अवार्ड विवादमा परेका छैनन् र ? विवाद आउँदै गर्छन् हामी अवार्डलाई सफल पार्न लागि पर्छौं ।’

For More videos Log on to Mazzako TV