महानायक राजेश हमालले आफ्नो ५२ औं जन्मदिन स्वयम्भू स्थित सेरसंग बाल केन्द्रका बालबालिकाहरुसँग मनाएका छन । करिब ७० जना बालबालिका रहेको बाल केन्द्रमा ३ बर्ष देखि माथिका उमेर समुहका सबै महानायकको जन्मदीनमा रमाउँदै हर्षित देखिन्थे ।

rajesh-hamal-birth-day3
महानायक हमालले बालबालिकाहरुलाई आफ्ना फिल्मका चर्चित संम्वाद सुनाउँदै उनीहरुसंगै नाचेर मनोरञ्जन समेत प्रदान गरेका थिए । महानायक हमाल बाल केन्द्रका संस्थापक छोग्याल रिम्पोंचेको निम्तोमा त्यहाँ पुगेका थिए । हमालले बालबालिकाहरुसँग आफ्नो जन्मदिनको केक काटेर जन्मदिनको उत्सव मनाउन पाउँदा ज्यादै खुसी लागेको बताए ।

rajesh-hamal-birth-day-1

महानायक हमालले भने ‘आज साँच्चै मेरो जन्मदिन सार्थक रह्यो, मैले यी साना साना अबोध मुहारमा थोरै भएपनि खुसि ल्याउन सफल भएँ ।’ सो अवसरमा नेपाली तारा प्रताप लामाले महानायक हमाललाई जन्मदिनको शुभकामना दिदैं आफ्ना चर्चित गित गाएका थिए ।

rajesh-hamal-birth-day-2

For More videos Log on to Mazzako TV