अनमोलको फिल्म हेर्न आना आइन् आमा आइनन् : आखिर किन ?
बिहिबार फिल्म ‘गाजलु’ को राजधानीमा भव्य प्रिमियर गरियो । अनमोल केसी अभिनित चौधो फिल्मको प्रिमियरमा पिता भुवन केसीदेखि फिल्म क्षेत्रका थुप्रै दिग्दज व्यत्तित्वहरुको उपस्थिति थियो । तर, अनमोलको ‘गाजलु’ प्रिमियरमा आमा सुस्मिता केसी भने अनुपस्थित भइन् । बरु एक समय अनमोलकी प्रेमीका भनेर चर्चा गरिएकी आना शर्मा भने आमा सहित प्रिमियरमा सहभागी भएकी थिइन् । आनाले फिल्म र अनमोलको काम मन परेको प्रतिक्रिया दिइन ।
‘गाजलु’ प्रिमियरमा आउने मनस्थिति बनाएर कार्डमा नाम समेत लेखिएको अवस्थामा सुस्मिता किन आइनन् त ? यो प्रश्नको जवाफ सुस्मिता स्वयमलाई नै थाहा होला । तर, ‘गाजलु’ प्रिमियरमा सुस्मिता नआउनुलाई भने विभिन्न अड्कल काटियो । जसमा पहिलो कारणमा सुस्मिता पुर्व पति भुवन केसी सहभागी भएको कार्यक्रमहरुमा असहभागी हुँदै आइरहेकी छिन् । अर्को तर्फ आफैंले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ को ट्रेलर लञ्ज कार्यक्रममा अनमोल असहभागी भएका थिए । जबकी निर्माताको रुपमा अनमोलको नाम राखिएको छ ।
आफ्नो फिल्मको कार्यक्रममा अनमोल सहभागी नभएपछि सुस्मिता पनि ‘गाजलु’ प्रिमियरमा असहभागी भएको हुन सक्ने धेरैले अड्कल काटे । सुस्मिता नआएपछि उनको नामको कार्ड लिएर अर्कै व्यत्तिले ‘गाजलु’ हेरेका थिए ।