‘कबड्डी’ पछि गोपिकृष्णबाट निर्माताले उतारे ‘गाजलु’
फिल्म ‘गाजलु’ लाई चावाहिलस्थित गोपिकृष्ण मुभिजका हलहरुबाट उतारिएको छ । बिहानी शोमा फिल्म हेर्न आएका सय बढी दर्शकलाई ‘हल प्याक’ भन्दै अन्य फिल्मको टिकट थमाएपछि निर्माता रोहित अधिकारीले ११ बजेको शोदेखि ‘गाजलु’ लाई गोपिकृष्णमा नलगाउने निर्णय गरेका हुन् ।
‘हामी माथि अन्याय भयो, अन्याय सहेर हामी फिल्म लगाउदैनौं’ निर्माता अधिकारीले भने, ‘हामी मात्रै होइन हाम्रा समकालिन धेरै फिल्मकर्मी साथीहरुले गोपिकृष्णमा फिल्म नलगाउने निर्णय लिएका छन् ।’ उनले थपे, ‘दर्शकलाई पर्न गएको असुवाधाका लागि हामी क्षमा प्रार्थी छौं । गोपिकृष्ण बाहेकका अरु नजिकका हलहरुमा गएर गाजलु हेर्नु होला ।’ अनमोल केसी र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘गाजलु’ को बिहानी शोम दुई वटा हल हाउफसूल भएर दर्शक बाँकी हुँदा पनि हल सञ्चालकले अर्को हलको व्यवस्था गरेका थिएनन् ।
‘गाजलु’ को जस्तै नियती भोग्नु परेपछि यसअघि फिल्म ‘कबड्डी’ लाई पनि निर्माता द्वाय माधव वाग्ले र निश्चल बस्नेतले पहिलो दिनको दोश्रो शोबाटै आफ्नो फिल्मलाई उतारेका थिए । आफुले किनेका र निर्माण गरेका फिल्महरुलाई काखा गर्दै अरु फिल्मलाई पाखा गर्ने गोपिकृष्णको प्रवृत्तिबाट नेपाली फिल्मकर्मी हैरान हुँदै आइरहेका छन् ।
For More videos Log on to Mazzako TV