महानायक राजेश हमाल ५२ वर्ष पुगेका छन् । पाल्पा जन्मघरमा भएका महानायक हमालले ५० वर्षमा प्रेमिका मधु भट्टराईसँग विवाह गरेका थिए ।

Rajesh hamal
राजेश हमाल नेपाली फिल्म क्षेत्रका सर्वाधिक चर्चित अभिनेता हुन् । सन् १९८९ मा फिल्म ‘युगदेखि युग सम्म’ बाट फिल्म अभिनय यात्रा प्रारम्भ गरेका हमालले दुई सय बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । एक समय अभिनेता हमालको पोस्टरमा टाउको राखे मात्रै हलसम्म ओइरिन्थे । तर, पछिल्ला केही वर्षहरुमा भने अभिनेता हमालका फिल्महरुप्रति दर्शकको चासो कम हुँदै गैरहेको छ । तर, उनी अभिनित पछिल्लो फिल्म ‘सकुन्तला’ को टिजरले भने ध्यान आकर्षण गरेको छ । भदौ १० गते देखि प्रदर्शनमा आउने फिल्म ‘सकुन्तला’ मा हमाल नारी अवतारमा प्रस्तुत भएका छन् ।

Rajesh new one 1

महानायक हमालको बाल्यकाल रसियामा बित्यो । उनका पिता त्यहाँका राजदुत थिए । राजेश सन् १९८५ मा दिल्लीको ‘फेशन नेट’ पत्रिकामा फिचरिगं भएका थिए भने उनले त्यहाँको चण्डीगढ युनिर्भसीटिबाट अंग्रेजीमा मास्टरर्स डिग्री गरेका छन् ।

Rajesh Hamal
अग्लो कद, लामो कपाल र बोल्ड भ्वाइस महानायक हमाललाई चिनाउने बेग्लै गुण हुन् । ‘यो हात साथीको लागि सलाम, दुश्मनको लागि फलाम हो’ भन्ने संवाद र ‘शंकर हुँ म शंकर’ भन्ने संवाद सर्वाधिक हिट छन् । राजेश हमाललाई लिएर थुप्रै जोक्स पनि बनेका छन् । नेपाली फिल्म क्षेत्रमा गहकिलो परिचय बनाएका अभिनेता राजेश हमालाई जन्मदिनको शुभ कामना !

For More videos Log on to Mazzako TV