पुर्व कुमारीको कथा माथि बनेको फिल्म ‘गाजलु’ लाई कुमारी घरका पदाधिकारीले हेरेका छन् । सार्वजनिक प्रोमोमा समावेश दृश्य र संवादका आधारमा आपत्ती जनाएका उनीहरुले ‘गाजलु’ हेरेपछि भने फिल्मको प्रशंसा गरेका छन् ।

shristi-shrestha
डिसियन प्रिभ्यू थियटरमा फिल्म हेरिसकेपछि कुमारी घरका एक पदाधिकारीले भने, ‘कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग्ने विषयवस्तु समेटिएको छैन । फिल्म पुर्णतः सन्देशमुलक तथा मनोरञ्जनात्मक बनेको रहेछ ।’ फिल्म प्रदर्शनको दुई दिनपछि विवाद साम्य भएपछि निर्माता रोहित अधिकारी पनि दंग छन् ।

gajalu-new-poster
हेमराज बिसी निर्देशित फिल्म ‘गाजलु’ मा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान, ऋतिक शाहीको मुख्य भूमिका रहेको छ । यही शुक्रबार अर्थात जेठ २८ देखि अल नेपाल रिलिज हुने ‘गाजलु’ को बिहिबार राजधानीमा भव्य रेड कार्पेट प्रिमियर हुँदैछ । मज्जाको भिडियो हेर्नुस् : 

For More videos Log on to Mazzako TV