उनीहरु फिल्मको सुटिङमा एउटै कोठामा बस्थे, एउटै वेड सेयर गर्दथे । सेटमा पनि उनीहरुको दोस्ती मस्त थियोे । यो दोस्ती थियो, कलाकारद्वया सलोन बस्नेत र रितिक शाहीको ।

salon-ritik

हेमराज विसी निर्देशित फिल्म ‘गाजलु’ बाट सलोन र रितिकको दोस्ती जमेको हो । ‘पर्दामा पनि हाम्रो दोस्ती जमेको छ’ सलोन भन्दैथिए, ‘सबैको जोडी छ हाम्रो छैन ।’ अनमोल केसीको जोडी सृष्टि श्रेष्ठसँग जम्दा गौरव पहारीको जोडी मेनुका प्रधानसँग जमेको छ । सलोन र रितिकको भने ‘गाजलु’ मा कोहीसँग पनि जमेको छैन । यसैले सलोनले धेरैको मुखबाट सुनेका रैछन्, ‘सलोन र रितिक चाहिं गे पेयर होलान् ?’ गौरव, सलोन र रितिकसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

के ‘गाजलु’ मा रितिकसँग सलोनको गे पेयर नै हो त ? सलोन हाँस्दै भन्छन्, ‘होइन, त्यस्तो छैन । फिल्ममा हाम्रो पेयर नै छैन । हाम्रो साथीहरुकै समुह छ ।’ रोहित अधिकारी निर्मित फिल्म ‘गाजलु’ यही शुक्रबार अर्थात् जेठ २८ गतेदेखि प्रदर्शनमा आउँदैछ, जुन फिल्मलाई निकै नै प्रतिक्षित रुपम हेरिएको छ ।

For More videos Log on to Mazzako TV