सोमबार राजधानीमा एक कार्यक्रम गर्दै अभिनेत्री सुस्मिता केसीले आफ्नो फिल्म ‘म त तिम्रै हुँ’ को प्रोमो तथा अडियो लञ्च गरेकी छन् । पति भुवन केसीसँग छुट्टिएपछि पहिलो पटक सुस्मिताले निर्माण गरेको यो लभ स्टोरी फिल्मको प्रोमोलाई प्रेसमिटमा धेरैले ‘प्रमिसिङ’ भन्ने प्रतिक्रिया दिए । प्रोमो हेर्नुस् :

श्रीराम महत निर्देशित फिल्म ‘म त तिम्रै हुँ’ मा नव नायक आकाश श्रेष्ठ र नव नायिका ज्योत्सना योगी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा सुस्मिता स्वयमको पनि महत्वपूर्ण भूमिका रहेको छ । प्रोमोबाटै नव नायक आकाश ‘नोटिस’ भएका छन् । फिल्म साउन ७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

ma-ta-timrai-hun-audio-lunch1
सुस्मिताका छोरा अनमोल केसी र सुवास थापा निर्माता रहेको फिल्म ‘म त तिम्रै हुँ’ मा हर्कुलस बस्नेतको संगीत रहेको छ भने द्धन्द्ध हिमाल केसीको रहेको छ । सौरभ लामाको सिनेम्याटोग्राफी रहेको फिल्मका गीतहरुमा कविराज गहतराजले कोरियोग्राफीगरेका छन् ।

ma-ta-timrai-hun-audio-lunch

susmita-kc

anupam-akash

jotshana-ma-ta-timrai-hun

For More videos Log on to Mazzako TV