युवा ज्योतिष हरिहर अधिकारीलाई युएईको एस्ट्रोलोजीमा ‘बेस्ट अवार्ड अफ एशिया’ प्राप्त भएको छ । उनले ६ महिना पहिले भारतमा पुर्वीय दर्शन, धर्म र संस्कृति विधामा ‘म्यान अफ दि ईयर २०१६’ को पुरस्कार पाएका थिए ।

harihar-adhikari
एशियन एस्ट्रोलजर्स कंग्रेस ईण्डिया, साउथ एशिया एस्ट्रो फेडेरेशन नेपाल र हेरिटेज सोसाईटी दुबईको संयुक्त आयोजनामा मे २९ देखि जुन १ गतेसम्म बुर दुबई, रोयल एस्कोटमा तीन दिनसम्म ‘१६ औं एशियन हेरिटेज कन्फरेन्स’ को आयोजना भएको थियो । एशियाका १५ देश बढिका करिब २०० ज्योतिषीहरु उक्त सम्मेलनमा सहभागी थिए ।
नेपालबाट मात्रै २१ जना ज्योतिषी उपस्थित रहेको समारोहमा आ–आफ्नो विधामा प्रस्तुती राखिएको थियो । वक्तासँग ज्योतिष शास्त्रका विषयमा अन्र्तक्रिया, प्रश्नोत्तरका आधारमा उत्कृष्ट चयन गर्ने क्रममा अधिकारी विजेता बनेका हुन् । अवार्ड जितेपछि अधिकारीले खुशी व्यक्त गर्दै आफुले नसोचेको सफलता हाँसिल गरेको प्रतिक्रिया दिए ।

‘म मेरो देश नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेको थिएँ । ईण्डियामा प्राप्त गरेको सफलताले आत्मविश्वासी त थिएँ तर यो एशिया महादेशकै महत्वपूर्ण अवार्ड थियो ।’
अधिकारीले भने ‘जब मेरो नाम घोषणा भयो म अवाक् थिएँ । यो विधामा नेपालले सबैलाई जित्दा कम्ता खुशी हुने कुरै भएन ।’

For More videos Log on to Mazzako TV