‘ड्रिम्स’ पाईरेसी : क्षति हाइलाइट्सलाई पूर्ति भुवनलाई
फिल्म ‘ड्रिम्स’ पाईरेसीले युवट्युवमा आधाकारिक रुपमा फिल्म तथा भिडियो अपलोड गर्दै आइरहेको हाइलाइट्स नेपाललाई राम्रै क्षति पर्न गएको छ । निश्चित रकममा ‘ड्रिम्स’ को डिजिटल अधिकारी खरिद गरेको हाइलाइट्सले फिल्म पाईरेसी भएपछि निर्माता भुवन केसीलाई दोहोरो रकम बुझाउनु पर्ने भएको छ ।
आफ्नै कार्यालयका कर्मचारी मार्फत ‘ड्रिम्स’ को पाईरेसी भएपछि हाइलाइट्स नेपालले निर्माता केसीलाई पच्चीस लाख रकम जरिवाना स्वरुप दिनुपर्ने भएको छ भने कर्मचारीलाई कानुनी सजाए पनि । यसअर्थ क्षति हाइलाइट्स र पूर्ति भुवन केसीले पाएका छन् । तर पाईरसी भएपछि ‘ड्रिम्स’ को विदेशका थुप्रै शोहरु रद्द हुन गएका छन् । भुवनले फिल्म पाईरेसीबाट आफुलाई एक करोड घाटा लागेको दाबी गरेका छन् ।
For More videos Log on to Mazzako TV