बिनिता बरालका ५ सुन्दर तस्बिर : भन्छिन्, ‘चपली हाईट खेलेर पछुतो छैन’
आफैंले लेखेको पुस्तक ‘जुइनो’ विमोचनका लागि नायिका बिनिता बराल अमेरिकादेखि यसै साता नेपाल फर्किएकी छन् । एक महिनाको छुट्टीमा नेपाल आएकी बिनिता शनिबार भृकुटीमण्डमा चलिरहेको पुस्तक प्रदर्शनीमा भेटिइन् ।
मज्जाको अनलाइन टिम त्यहाँ पुग्दा उनी दर्शक र साहित्यिक क्षेत्रका व्यक्तित्वहरुसँग भलाकुसारी गर्नमा व्यस्त थिइन् । त्यहाँको व्यस्ततालाई पन्छाएर बिनिताले मज्जाको टिभीलाई समय दिइन् । हामीसँगको कुराकानीमा बिनिता निकै खुलिन् । फिल्म ‘चपली हाइट’ खेलेर चर्चा र विवाद दुवै कमाकी नायिकालाई हामीले सोध्यौं के तपाईलाई ‘चपली हाइट’ खेलेर कुनै पश्चताप छ ? ‘मेरो जीन्दगीको मेरो बेस्ट काम हो चपली हाईट । यदि फिल्म नखलेको भए कृषिमा लाग्दा पनि नाम आउँदैन्थ्यो’ बिनिताले ढुक्कसँग भनिन् । बिनितासँग गरिएको मज्जाको कुराकानी हामी यसै साता मज्जाको टिभीमा अपलोड गर्नेछौं । तर त्यो भन्दा पहिले कमल प्रसाईंले खिचका बिनिताका पाँच मज्जाको तस्बिरहरुलाई हेर्नुस् :