रेडियो नाटक तथा फिल्म लेखक अभिमन्यु निरवीको कथासंग्रह ‘साउने झरी’ बजारमा आएको छ । राजधानीको सुन्धारास्थित थिएटर मलमा शनिबार आयोजित समारोहमा अभिनेता दयाहाङ राई र लेखकत्रय युग पाठक, कुमारी लामा र आहुतीले निरवीको ‘साउने झरी’ लाई संयुक्त रुपमा विमोचन गरे । कृतिमाथि यी चारैजनाले टिप्पणी गरेका थिए ।

saune-jhari-bimichan

अभिनेता राईले निरवीले लेखेका फिल्म र कथा दुवै पढेकाले कथाभित्रका पात्रहरुका चरित्र चित्रण गर्न लेखक अग्रसर रहेको बताए भने लेखक लामाले निरवीका कथामा सामाजिक विषयवस्तु, समय सान्दर्भिक र संमवेदना भएको बताइन् । अर्का लेखक युग पाठकले अबका लेखकमा समाजिक चेतनाको उपल्लो तहको सोच राखेर लेख्ने सामथ्र्य हुनुपर्ने बताए भने आहुतीले विषयवस्तु उठान महत्वपुर्ण नहुने बताउँदै विषयवस्तुलाई कसरी उठाइन्छ भन्ने महत्वपुर्ण हुने बताए ।

‘साउने झरी’ का लेखक निरवीले ‘अन्तराल’, ‘श्री ५ अम्बरे’, ‘वडा नं ६’ र ‘छक्का पञ्जा’ को स्क्रिप्ट लेखेका छन् ।

For More videos Log on to Mazzako TV