एक्ली भइन् अनु : सविनसँग छुट्यो प्रेम
अन्ततः नायिका अनु शाहको पनि ब्रेकअप भएको छ । नायक सविन श्रेष्ठसँग अफयेरमा रहेकी अनुको केही महिना अगाडी प्रेम सम्बन्धमा पूर्णविराम लागेको हो । नायक श्रेष्ठसँग ब्रेकअप भएपछि अनु अहिले एक्ली छिन् ।
बुझिए अनुसार अनुलाई सविनले ब्रेकअप दिएका हुन् । यद्पी सविन र अनु यस विषयमा मौन छन् । माया प्रेममा हुँदा पनि यी दुईले त्यस विषयमा मुख खोलेका थिएनन् । रेखा थापालाई लिएर ‘हिरो रिटन्र्स’ निर्माण गर्न लागेका सविन यतिबेला अर्कै एक युवतीको माया जालमा रमाएको बतान्छ ।
‘हमेशा’ मा एक झलक स्क्रिन सेयर गरेका सविनले फिल्म ‘आधी बाटो’ र ‘लक्ष्य’ मा अनुसँग जोडी जमाएका छन् । अनु र सविनको जोडीलाई फिल्म नगरीमा मिलेको जोडी भनेर चर्चा गरिन्थ्यो ।
For More videos Log on to Mazzako TV