‘हाक्का हाक्की’ को ५१ दिने सेलिव्रेसनमा उपराष्ट्रपती पुनले के भने ?
५१ दिन पुरा गरेको खुसीयालीमा साप्ताहिक सामाजिक हाँस्या टेलिफिल्म ‘हाक्का हाकी’ ले खुसीयाली साटेको छ । बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको गौरवमय ५१ दिने खुसीयालीमा उपराष्ट्रपती नन्दकिशोर पुनले टेलिफिल्मका कलाकारहरुलाई बधाई पत्र ज्ञापन गरे ।
उपराष्ट्रपती पुनले ‘हाक्का हाक्की’ को आगामी भागको लागि शुभकामना दिदैं यस्ता हाँस्य टेलिफिल्महरुले देशको नीति निर्माणमा समेत सहयोग पुर्याउने बताए । उनले भने, ‘हाँस्य टेलिफिल्मले रोइरहेकालाई हसाउँने र हाँसिरहेकालाई रुवाउने मात्रै होइन देशको नीति निर्माणमा पनि ठूलो भूमिका खेल्छन् ।’
कलाकार दमन रुपाखेतीको कथा तथा निर्देशन रहेको ‘हाक्का हाकी’ मा उनी सहित कविता शर्मा, राजु भुजु लगायत कलाकारहरुको अभिनय रहेको छ । पछिल्लो समय हाँस्य टेलिफिल्महरु बन्द भैरहेको छन् ।
‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ जस्ता चर्चित टेलिफिल्महरु बन्द भैरहेका बेला ‘हाक्का हाक्की’, ‘भद्रगोल’ जस्ता टेलिफिल्महरु जसोतसो गरी प्रशारण भैरहेका छन् ।
For More videos Log on to Mazzako TV