फिल्म ‘कालो पोथी’ ले राजधानीका मल्टिप्लेक्स फिल्म हलहरुमा उच्च सुरुवाती शुरुवाती व्यापार गरेको छ । क्युएफएक्स अन्र्तगतका हलहरुमा मिन बहादुर भाम निर्देशित यो फिल्मले ९० प्रतिशत नजिकको अकुपेन्सी कायम गरेको रिपोर्ट छ । अकुपेन्सी उच्च भएपछि शुत्ररबारै क्युएफएक्सले एक शो थप गरेर सातमा पुर्याएको छ भने शनिबारको टिकेट पचास प्रतिशत बुक भैसकेको छ । शुक्रबार ‘कालो पोथी’ को व्यापार हिन्दी फिल्म ‘हाउफसफू ३’ को हाराहारीमा छ । शहरका अन्य मल्टिप्लेक्स हलहरुमा पनि सोही प्रकारको अकुपेन्सी कायम छ ।

kalo-pothi-released1

द्धन्द्धकालिन समयमा मुगुका दुई बालकको गहिरो मित्रताको यात्रा माथि बनेको फिल्म ‘कालो पोथी’ लाई सार्वजनिक प्रदर्शनमा पनि सकारात्मक प्रतिक्रिया मिलेको छ । दुई बाल कलाकारहरु खड्गराज नेपाली र शुक्रराज रोकाय मुख्य पात्रका रुपमा प्रस्तुत भएका छन् । यी सँगै जितबहादुर मल्ल, हन्सा खड्का, वेनिशा हमाल, नन्द प्रसाद खत्री, विपिन कार्की र प्रियंका खतिवडाको पनि फिल्ममा मुख्य भूमिका रहेको छ । ‘कालो पोथी’ ले भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स तर्फको पुरस्कार जित्न सफल थियो । ‘कालो पोथी’ टिमसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

यता पोर्न फिल्म खेल्छु भनेर विवाद र चर्चामा आएकी अर्चना पनेरु अभिनित फिल्म ‘छेस्को’ लाई भने नेपाली दर्शकले ‘वाई वाई’ गरिदिएका छन् । अर्चनाको फिल्म लागेको फिल्म हलका सञ्चालक भन्छन्, ‘छेस्कोमा छैनन् दर्शक ।’

For More videos Log on to Mazzako TV