एमबीए अध्ययनको लागि अमेरिका गएकी नायिका बिनिता बराल शुक्रबार बिहान नेपाल ‘ल्यान्ड’ भएकी छन् । आफैंले लेखेको पुस्तक ‘जुइनो’ लाई बजारमा ल्याउन बिनिता एक महिनाको छुट्टी लिएर नेपाल आएकी हुन् ।

binita-baral-status

फिल्म ‘चपली हाईट’ खेलेर चर्चा कमाएकी बिनिताले दश महिना ‘सपनाको शहर’ अमेरिकामा बिताइन् । अध्ययनकै लागि उनी त्यहाँ अझै दुई वर्ष बस्नुपर्ने हुन्छ । अमेरिका जानु पहिला कृषि खेती गरेर चर्चामा आएकी बिनितालाई ‘सपनाको शहर’ कस्तो लाग्यो ? र लामो समयपछि आफ्नो देश फर्कंदा कस्तो महसुश भयो ? मज्जाको अनलाईनका उत्सब रसाईलीसँग बिनिताले आफ्नो अनुभव मज्जासँग साटेकी छन् ।

‘म ‘स्टुडेन्ट’ भिसामा अमेरिका गएको हुँ । पढाई पुरा गर्न अझै त्यहाँ दुई वर्ष बस्नु पर्ने हुन्छ । डिग्री सकिएपछि मलाई आउन र जाँन कुनै समस्या हुँदैन । त्यसैले मैंले ‘ग्रिन कार्ड’ लिने सोच बनाएको छैन । दुई वर्षको बिचमा पनि नेपाल आउने जाने गरिरहन्छु । अमेरिकामा विद्यार्थीको लागि पढ्न सजिलो छ तर ‘मेन्टेन’ गर्न गाह्रो छ । पैसा बचाएर राख्नु पर्छ । धेरै खर्च गर्न सकिदैंन ।

आफ्नो देश भनेको आफ्नै हुँदो रहेछ । नेपालको इएरपोर्ट ओर्लिए पछि मनै आनन्द भयो । आफ्नो देश आमा बुवा जस्तो लाग्ने, अरुको देश साथी जस्तो मात्रै । यहाँका हिमाल र पहाड नै प्यारो । उता हुँदा कत्ति आमाको याद आउँथ्यो, यहाँ आएपछि त मतलवै छैन । यहाँ आएपछि सबै आफ्नो जस्तो लाग्ने ।

binita-baral-in-nepal
मेरा कलेजका साथीहरुले म नेपालको ‘हिरोइन’ भनेर चिन्छन् । खुसी लाग्छ । म पढ्ने कलेजमा अरु नेपाली विद्यार्थीहरु छैनन् । ब्याङ्लोर तिरका साथीहरु छन् । हामी घुम्छौं, पार्टी जान्छौं ।

अब दुई वर्षसम्म फिल्म खेल्दिंन होला । समय पनि मिल्दैन । त्यस पछाडी चाहिं खेल्न सक्छु । टोखाको कृषि फार्म साथीहरुलाई चलाइरहनु भएको छ । त्यसलाई अझै व्यवस्थित गरेर अगाडी लैजानु बढाउनु पर्ने छ ।

मेरो लामो कपाल थियो, केही महिना अगाडी छोटो गरेको छु । लामो कपाल सम्हाल्नै गाह्रो । फेरी कलाकार न परियो केही न केही चेञ्ज गरिरहन मन लाग्ने । छोटो कपालमा धेरैले भन्छन् ‘क्या क्यूट’ !’

For More videos Log on to Mazzako TV