फिल्म ‘सानो संसार’ बाट नेपाली रजतपटमा उदाएका नायक हुन्, कर्म । ‘लुट’ जस्तो ब्लकबस्टर र ‘फस्ट लभ’ जस्तो व्यावसायिक सफल फिल्म दिएका कर्मका त्यस पछिका फिल्महरु भने व्यापारिक रुपमा सफल भएनन् । कर्मले अभिनय गरेका तुलसी घिमिरे निर्देशित ‘मृगतृष्णा’, प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म ‘भिसा गर्ल’ र भाष्कर ढुंगाना निर्देशित फिल्म ‘सुन्तली’ ले कमजोर व्यापार गरेपछि कर्मको फिल्मी करिअर पनि सुस्तायो ।

karma-shakya

पछिल्लो समय भने कर्मले केही फिल्महरुमा अभिनयको अवसर पाएका छन् । ‘भिसा गर्ल’ निर्देशक श्रेष्ठकै ‘लभ सासा’ र सौगात मल्ल, रिस्ता बस्नेत, सुरविना कार्की अभिनित नयाँ निर्माण टोलीले बनाएको फिल्म ‘लुकामारी’ मा कर्मले अभिनय गरेका छन् । असार १० गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलरले राम्रै चर्चा पाइरहेको छ । कर्म पनि यो फिल्मबाट निकै आशावादी छन् । ‘लुकामारी’ ट्रेलर हेर्नुस् :

उसो त ब्लकबस्टर फिल्म ‘लुट’ सिक्वेलमा पनि रहेका कर्म बिचको समयमा आफुले फिल्म नपाएको स्विकार गर्छन् । तपाईंले फिल्म नपाएको कि नखेलेको भन्ने प्रश्नमा कर्म भन्छन्, ‘फिल्म पाएको भए त धमाधम गरिहाल्थें नि । फिल्म नै नपाएको हो ।’ फिल्मको अफर नआएपछि कर्म बिचको समयमा रेष्टुरेन्ट व्यावसाय, घुमफिर र भूकम्प प्रभावितको सहयोगा व्यस्त रहे ।

Watch Mazzako Guff with Karma Shakya :-

For More videos Log on to Mazzako TV