चोट लुकाउन ऋचा शर्माको यस्तो पहिरण (फोटो फिचर)
बुधबार सम्पन्न फिल्म ‘कालो पोथी’ को प्रिमियरमा नायिका ऋचा शर्मा आकाशे रंगको गाउनमा सहभागी भएकी थिइन् । प्रिमियरको ‘होस्ट’ समेत भएकाले ऋचाले आफुलाई ‘स्मार्ट’ देखाउने प्रयास गरेकी थिइन् । यद्पी पैतालसम्म छोप्ने गाउन भन्दा ऋचालई सारी या ‘वन पिस’ मा अझै राम्री र स्मार्ट देख्ने केही हिरोइनहरु टिप्पणी गरिरहेका थिए ।
तर, लामो गाउन लगाउनु ऋचाको रहर भने थिएन, उनको बाध्यता थियो । बाध्यता यसअर्थमा कि, स्कूटर दुर्घटनामा परी ऋचाको देब्रे खुट्टा र हातमा चोट लागेको थियो । तिनै चोटहरुलाई लुकाउन ऋचाले त्यस प्रकारको पोशाक लगाएकी हुन् ।
फिल्म ‘लुट २’ को टिजर रिलिजमा ऋचाले लगाएको पोशाकमा खुट्टाका दागहरु प्रष्टै देखिएका थिए भने टुंडिखेलमा आयोजित ‘अमरपन्क्षी’ नामक कार्यक्रममा ऋचा चोट लिएर नै नाचेकी थिइन् ।
For More videos Log on to Mazzako TV