फिल्म ‘ड्रिम्स’ पाइरेसी गर्ने दुई जना पक्राउ परेका छन् । आफ्नो फिल्म पाइरेसी गर्ने दुई जनालाई राजधानीबाट पक्राउ गरी अपराध महाशाखा टेकुमा राखिएको ‘ड्रिम्स’ का निर्देशक तथा निर्माता भुवन केसीले बताए । ‘उनीहरु माथि अब कानुनी कारबाही अगाडी बढ्छ’ भुवनले भने, ‘पाइरेसीबाट पर्न गएको क्षतिपूर्ति असुल गर्छु ।’ उनले एक करोडको क्षतिपूर्ति माग गरेका छन् ।

dreams-pyracy1

‘ड्रिम्स’ पाइरेसी गर्ने एक जना विधान गुरुङ नामका व्यक्ति हाईलाईट्स नेपालका कर्मचारी हुन् । जुन कम्पनीले ‘ड्रिम्स’ किनेको हो । हाईलाईट्का प्रमुख ओम गुरुङको नातेदार पर्ने विधानले चन्द्र नागजु नामका व्यक्तिलाई ‘ड्रिम्स’ सप्लाई गरेर बजारमा बिना अधिकार पुर्याएको निर्माता तथा निर्देशक केसीले बताए । हाईलाईट्सको कर्मचारी र कम्प्यूटर सहित अर्का व्यक्तिलाई महानगरिय परिसरमा अनुसन्धानको लागि राखिएको छ ।

Anmol kc 8

यता हाईलाईट्सका प्रमुख गुरुङले आफ्नै कर्मचारीबाट ‘ड्रिम्स’ पाइरेसी भएको स्विकार गर्दै कानुनी कारबाहीका लागि सघाउने बताए । उनले भने, ‘नोक्सान हामीलाई पनि छ । यसलाई रोक्नु पर्छ । कारबाही गर्नुपर्छ । यसमा मेरो पनि सहयोग हुन्छ ।’

विदेशका थुप्रै मुलुकमा प्रदर्शन हुंन बाँकी रहेको फिल्म ‘ड्रिम्स’ पाइरेसी भएपछि तनावमा रहेका भुवनले पाईरेसीकर्ता पक्राउ गर्न सघाउने एसएसपी सवेन्द्र खनाल, विकास वोर्ड अध्यक्ष राजकुमार राई र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई धन्यवाद दिए । 

छोरा अनमोल केसी र साम्राज्ञीराज्य लक्ष्मी शाहको अभिनय रहेको ‘ड्रिम्स’ ले नेपालबाट मात्रै ६ करोडको व्यापार गर्न सफल भएको छ ।

For More videos Log on to Mazzako TV