पहेंलो सारीमा सजिएकी वेनिशा तर…
आफु अभिनित फिल्म ‘कालो पोथी’ को प्रिमियरमा नायिका वेनिशा हमाल पहेंलो रंगको सारीमा उपस्थित भएकी थिइन् । सारी अनि त्यसमाथि पनि पहेंलो रंग, नोटिस नहुने त कुरै भएन !
मिन भाम निर्देशित फिल्म ‘कालो पोथी’ की सोलो नायिका बुधबारको गाला प्रिमियरमा ‘हाईलाईट’ हुन गएकी थिइन् । सारीमा सजिएकी वेनिशालाई छेउमै आएर ‘आहा ! कति राम्री’ भन्नेहरु टन्नै थिए । वेनिशा पनि मन्द मुस्कानले ‘धन्यवाद’ दिनमा व्यस्त थिइन् ।
सारीमा राम्री देखिएकी वेनिशालाई ‘हेभी मेकअप’ ले भने उनको सौन्दर्यतालाई केही छायाँमा पारे जस्तो भान हुन्थ्यो । यो महसुश वेनिशालाई भयो या भएन ? त्यो भने उनै जानुन् । तर तस्बिरमा भने वेनिशाको ‘हेभी मेकअप’ प्रष्टै देखियो ।
For More videos Log on to Mazzako TV