‘रेलिमाई’ को रमाईलो ट्रेलर : साउन २१ मा हुनेछ रिलिज
फिल्म ‘रेलिमाई’ को रमाईलो ट्रेलर सार्वजनिक भएको छ । रिम बिश्वकर्माको निर्देशन रहेको फिल्ममा नयाँ कलाकारहरुको अभिनय छ । मौलिक विषयमा रमाईलो तवरले फिल्म बनाएको निर्देशक विकको दाबी छ ।
रेड लाइन फिल्मस् प्रालिको ब्यानरमा निर्मित फिल्ममा सञ्जोग राना, पूर्णिमा लामा, रियन लामा लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । ‘रेलिमाई’ को रिलिज मिति साउन २१ लाई तोकिएको छ । ट्रेलर हेर्नुस् :