सुमन र सुमिनाको फिल्मी करिअरले सिकाएको पाठ ‘संख्याले केही हुँदैन’
कुनै समय थियो, नायक सुमन सिंह र नायिका सुमिना घिमिरेका फिल्महरु हप्तैपिच्छे हलमा लाग्थे । फिल्म सुटिङमा उनीहरुलाई भ्याईनभ्याइ हुन्थ्यो । यस्तो लाग्थ्यो, हिरो र हिरोइनको जीन्दगी होस् त सुमन र सुमिनाको जस्तो । ‘छोटा समयमै क्या उचाई !’
करिब एक दशकको फिल्मी करिअरमा नायक सिंहले झण्डै पचास फिल्महरुमा अभिनय गरे भने सुमिनाले पनि फिल्म नगरीमा आएको छोटो समयमा मनग्गे फिल्ममा अभिनय गर्ने मौका पाइन् । यतिका फिल्महरुमा अभिनय गरेर फाईदा के त ? हातमा लाग्यो शून्य ! एक समयका चल्तापुर्जा यी दुई नायक र नायिका अहिले भने गुमनाम छन् । उनीहरु फिल्म नगरीदेखि निकै कोष पर छन् ।
लगातारको फिल्म असफलताका कारण नायक सिंह निर्माताको नजरमा पर्न छाडे भने नायिका घिमिरेले पनि सोही नियती भोग्नु पर्यो र केही वर्ष पहिले उनले प्रेमीसँग घरजम गरिन् । फिल्मी करिअर शून्यमा झरेपछि सुमन देश विदेश डुल्नमा व्यस्त छन् भने सुमिना घरगृहस्थीमा रुमल्लिएकी छिन् ।
एक समयका व्यस्त यी दुई कलाकारको जीन्दगीबाट नयाँ कलाकारहरुले सिक्नु पर्ने गतिलो पाठ के हो भने समय अनुसार चल्न सिक्नुपर्दछ । फिल्मको संख्या भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ र। हातमा परेका सबै फल खानु हुँदैन । यदि खाएमा झाडापखाला लाग्छ र आराम गरेर बस्नुपर्दछ ।
For More videos Log on to Mazzako TV