जुनु रिजालसँग जोडी बाँध्न नेपाल फर्किए दिलिप रायमाझी
परिवार सहित अमेरिका गएका अभिनेता दिलिप रायमाझी नेपाल फर्किएका छन् । उनी दुई साता पहिले नेपाल फर्किएका हुन् । ग्रिन कार्ड होल्डर अभिनेता रायमाझी किन फर्किए त नेपाल ?
फिल्म ‘चर्खा’ छायाँकनको लागि दिलिप नेपाल फर्किएका हुन्, जुन फिल्ममा उनी गायिका जुनु रिजालको अपोजिटमा प्रस्तुत भएका छन् । रामचन्द्र काफ्लेकी पत्नी गायिका रिजालले फिल्म ‘चर्खा’ बाट नेपाली फिल्ममा डेव्यु गरेकी छन् । बुझिएअनुसार ‘चर्खा’ छायाँकन अन्तिम चरणमा पुगेको छ । यो फिल्मको छायाँकन सकाएर दिलिप पुनः अमेरिका फर्किनेछन् ।
उसो त दिलिप नेपाल फर्किनुको संजोग पनि गज्जवको छ । सुरुमा ‘चर्खा’ मा दिलिपकै समकालिन अभिनेता उत्तम प्रधानले अभिनय गरिरहेका थिए । तर, एक दिन सुटिङ गरेपछि विशेष कारणवश उत्तमले सेट छाड्नु पर्ने अवस्था आइपुग्यो । यस्तो आपतकालिन् अवस्था आएपछि अमेरिकाबाट दिलिपलाई झिकाइएको हो ।
हेटौंडाका व्यावसायी मिलेर निर्माण गरिरहेको फिल्म ‘चर्खा’ मा दिलिप र जुनु सहित रजनी केसी, सुरविना कार्की, सुशान्त कार्की लगायतको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV