‘प्रेम गीत’ का नायकलाई निर्माताको लगाम !
दर्शकसँगै फिल्मकर्मीको पनि रोजाइमा परेका नायक हुन्, ‘प्रेम गीत’ का प्रदीप खड्का । फिल्मको प्रिमियरदेखि नै प्रदीपलाई केही फिल्मकर्मीले आफ्नो फिल्ममा लिने मनस्थिति बनाइसकेका थिए । यद्पी ‘प्रेम गीत’ प्रदर्शनमा आएको चार महिना पुग्न आँटिसक्दा पनि नायक खड्का कुनै पनि ब्यानरका फिल्महरुमा अनुबन्धित भएका छैनन् । प्रदीपलाई लिने भन्ने फिल्मकर्मीहरु पनि उनको ‘अप्सन’ खोज्दै हिंडिरहेका छन् । आखिर किन त प्रदीपले कुनै पनि फिल्महरु खेल्ने सहमती जनाइरहेका छैनन ?
खास कुरा के छ भने, ‘प्रेम गीत’ कै निर्माता सन्तोष सेनले निर्माण गर्ने अर्को फिल्म ‘प्रेम गीत २’ का कारण प्रदीपले अन्य ब्यानरका फिल्महरु खेल्न असहमती जनाएका हुन् । ‘प्रेम गीत’ को सिक्वेलमा आफु खेल्ने भएपछि अन्य ब्यानरका फिल्महरुमा आफु खेल्न नसक्ने प्रदीपले बताउँदै आएका छन् ।
तर भन्नेहरुले भने ‘प्रेम गीत’ का निर्माताले नायकलाई लगाम लगाएको भनी विश्लेषण गरिरहेका छन् । स्क्रिप्टको खोजी भैरहेको ‘प्रेम गीत २’ को केही समयपछि औपचारिक कार्यक्रम गरी निर्देशक, कलाकार तथा प्राविधिक सार्वजनिक गरिनेछ ।
For More videos Log on to Mazzako TV