मध्यरातमा आर्यन किन पसे स्विमिङ पुल ?
तपाईं गर्मी भगाउन के गर्नुहुन्छ ? पङ्खा चलाउनु हुन्छ या पानीमा पौडिनु हुन्छ ? नायक आर्यन सिग्देलले आइतबार राती पौडिदैं गरेको तस्बिर फेसबुकमा पोस्ट गरेका छन्, तर गर्मी भगाउन भने होइन । रातको समयमा आर्यन किन पसे त स्विमिङ पुल ?
आर्यनकै अनुसार दुब्लाउन र रोग हटाउन उनी स्विमिङ पुल पसेका हुन् । केही महिनादेखि आर्यन नियमित कसरतमा व्यस्त छन् । शरीरमा बढेको वजन कम गर्न यी चकलेटी नायकले खानपिन र कसरतमा विशेष ध्यान दिइरहेछन् । उनको दैनिकी जिमखाना र स्विमिङ पुलमा बित्ने गर्दछ । आफ्नै होम प्रोडक्सनमा बन्ने फिल्ममा आर्यनलाई २१ वर्षे लक्का जवान देखिनु पर्ने चुनौती छ ।
उसो त निर्देशक दिनेश राउतले आफ्नो मोटो शरिरलाई घटाएर आर्यनमाथि थप चुनौती सृजना गरिदिएका छन् । आर्यन सिग्देल इन्टरटेनमेन्टमा बन्ने र निर्देशक राउतले निर्देशन गर्ने फिल्मको सम्पूर्ण छायाँकन विदेशमा हुनेछ ।
For More videos Log on to Mazzako TV