अर्चना पनेरुको ‘जिस्म’ रोक्न लागि परेका वोर्ड अध्यक्ष राईले ‘छेस्को’ लाई दिए सफलताको शुभकामना
पोर्न स्टार बन्छु भन्दै विवाद र चर्चामा आएकी अर्चना पनेरु अभिनित फिल्म ‘छेस्को’ लाई चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले सफलताको शुभकामना दिएका छन् । सोमबार अनामनगरको एक क्याफेमा आयोजना गरिएको पत्रकार भेटघाटमा प्रमुम अतिथि बन्दै अध्यक्ष राईले अर्चनाको फिल्मलाई सफलताको शुभकामना दिएका हुन् । कार्यक्रममा अर्चन र उनकी आमा उपस्थित थिए ।
निर्देशक शोभित बस्नेतले सञ्चालन गरेको कार्यक्रममा सिमित सञ्चारकर्मी सहित निर्माता संघका महासचिव केशव भट्टराई र ‘छेस्को’ फिल्म युनिटको सहभागीता थियो । पोर्न स्टार बन्छु भन्दै नेपाली समाजको धज्जी उडाएकी अर्चना पनेरु अभिनित फिल्मको कार्यक्रममा वोर्ड अध्यक्ष राई प्रमुख अतिथि बन्दै शुभ कामनाका शब्द खर्चिनुलाई नेपाली फिल्म वृत्तमा भने लज्जास्पद रुपमा हेरिएको छ ।
केही महिना अगाडि मात्रै अर्चना अभिनित अर्को फिल्म ‘जिस्म’ को छायांकन रोक्न लागि परेको वोर्ड अध्यक्ष राईले अर्चनाकै फिल्मलाई शुभकामना दिने कार्यक्रमको प्रमुख अतिथि बन्नु अशोभनिय रहेको फिल्मकर्मीको ठम्याइ छ । विकास वोर्डका अध्यक्षले अर्चनाको फिल्मलाई शुभकामना दिनु भनेको घुमाउरो शैलीमा उनलाई पोर्न फिल्म खेल्न प्रोत्साहन दिनु सरह रहेको एक फिल्मकर्मीले बताए ।
उसो त अर्चना अभिनित ‘छेक्सो’ टिजर कुनै पोर्न फिल्मको छोटो झलक भन्दा कम छैन ।
For More videos Log on to Mazzako TV