झरनाले दुई फिल्म सुटुक्क सकाइन् : किन, भन्दा यसो भन्छिन् ?
अभिनेत्री झरना थापाले दुई फिल्मको छायाँकन सुटुक्क सकाएकी छन् । फिल्म ‘झिल्के’ र ‘साथी तिमी नै हौं’ मा झरनाको मुख्य भूमिका रहेको छ । आफ्नै निर्देशनमा होम प्रोडक्सनको फिल्म ‘ए मेरो हजुर २’ को प्रि-प्रोडक्सनमा रहेकी झरनाले किन बाहिरि ब्यानरका दुई दुई वटा फिल्महरुमा अभिनय गरिन् त ?

‘आफुलाई मन पर्ने भूमिका पाएपछि किन नगर्नु भनेर बिचमा दुईटा फिल्म गरें’ झरनाले खुलाइन्, ‘दुवै फिल्महरु नारी संवेदनामा आधारित छन् त्यसैले राजी भएकी हुँ ।’ लाखमान योञ्जन निर्देशित फिल्म ‘झिल्के’ मा भरनाको अपोजिटमा नायक पुकार गौतम छन् भने फिल्म ‘साथी तिमी नै हौं’ नयाँ निर्माण टोली र नयाँ कलाकारको टोली रहेको छ ।

साउन ७ गतेदेखि छायाँकनमा जाने होम प्रोडक्सनको फिल्म ‘ए मेरो हजुर २’ को भने यतिबेला नायक र नायिकाका छनोट कार्य हुँदैछ भने कलाकार नाजिर हुसेन पक्का भैसकेका छन् ।
For More videos Log on to Mazzako TV







