अन्य पाँच सहित नायिका रेखा थापालाई राष्ट्रपतिबाट प्रवल जनसेवश्री सम्मान घोषणाको चारैतिर स्वागत भैरहेको छ । कलाकार तथा निर्देशकलाई सरकारले दिने उक्त सम्मानको विशेषगरी फिल्म क्षेत्रमा स्वागतसँगै चर्चा पनि भैरहेको छ । हामी यहाँ राष्ट्रपतिबाट प्रवल जनसेवश्री सम्मान पाउने नायिका रेखा थापाको सामाजिक सेवा बारे छोटो चर्चा गर्दैछौं ।

maxresdefault

आफ्नो ३० औं जन्मदिनमा तीन जना अनाथ बालबालिकालाई आवसीय शिक्षा दिएर रेखाले सुरु गरेको समाज सेवा गत वर्ष बैशाख १२ गते गएको भूकम्पबाट फराकिलो बन्न गयो । जंगलमा रमाउने राउटे समुदायलाई चामल र खसी दिएर उक्त लोपोन्मुख समुदायकी ‘प्यारी’ बनेकी रेखाले भूकम्पबाट ज्यान गुमाएका शवलाई पशुपतीमा जलाउन आर्थिक सहयोग गरिन् । कसैको नजर नपरेको तर दाह संस्कार जस्तो अपरिहार्य नेपाली संस्कारमा सहयोग गर्ने रेखाको त्यो कामलाई धेरैले सरहानीय भनी स्यावासी दिएका थिए ।

Rekha-thapa

यस्तै भूकम्पबाट प्रभावित रंग पत्रकारलाई पनि रेखाले आर्थिक सहयोग गरेकी थिइन् भने धुर्मुस र सुन्तलीले भूकम्प प्रभावित सिन्धुपाल्चोकको गिरान्चौर बस्ती पुर्ननिर्माणका लागि आर्थिक सहयोगको सुरुवात पनि रेखाले गरेकी हुन् । धुर्मुस र सुन्तलीलाई रेखाले एक लाख सहयोग गरेकी थिइन् ।

rekha-suntali

आर्थिकसँगै रेखा थापाले पिडितलाई हिम्मत दिदै आइरहेकी  छिन् । आफ्नै बुवा र हजुरबुवाबाट बलात्कारमा परेका दुई पूजा हुन् या चपुरका युवती तथा सोझा महिला ? रेखाले फिल्म र फिल्म बाहिरबाट हिम्मत बाँड्दै आइरहेकी छिन् । सायद यसकै मूल्याकंन हुनुपर्छ, राष्ट्रपतीबाट रेखालाई दिइएको गरिमामय प्रवल जनसेवश्री सम्मान । यो सम्मानले रेखालाई अझ अगाडी बढ्ने हिम्मत मिलोस् हाम्रो कामना !

For More videos Log on to Mazzako TV