हरितालिका तीजमा पाँच फिल्म : शिल्पा, मलिना र रजनी मध्ये कसले मार्लान् बाजी ?
यस वर्षको हरितालिका तीजको मुखमा पाँच फिल्महरु बिच प्रतिस्पर्धा हुने भएको छ । ‘ब्रासलेट’, ‘लालजोडी’, ‘द् विनर’, ‘स्काउट’ र ‘व्रिन्दावन’ ले भदौ १७ को प्रदर्शन मिति तय गरेका हुन् ।
अभिनेता रेमश उप्रेतीको कमव्याक रहेको फिल्म ‘ब्रासलेट’ नारी संवेदनाको कथामा आधारित भनिएको छ । निर्मल शर्मा ‘गैंडा’ निर्देशित यो फिल्ममा रमेशसँगै रजनी केसी र नम्रता सापकोटाको अभिनय रहेको छ । यस्तै सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लालजोडी’ कमेडी जनराको फिल्म हो । कमेडी फिल्ममा नायिका केसी सहित अन्य हाँस्य व्याङ्ग्य कलाकारहरुको अभिनय रहेको छ ।
पुर्व मिस नेपाल मलिना जोशीको अभिनय रहेको ‘द् विनर’ मा नव युवा कलाकारहरुको अभिनय रहेको छ । यो फिल्म प्रेम कथामा आधारित छ । यस्तै मधुकुमार श्रेष्ठ निर्देशित फिल्म ‘स्काउट’ स्काउटकै कार्य क्षेत्रसँग सम्बन्धित छ । शिल्पा पोखरेल अभिनित फिल्म ‘व्रिन्दावन’ एक्सन लभ स्टोरी फिल्म हो । जहाँ बाँदरको पनि अभिनय रहेको छ ।
एकै मितिमा पाँच पाँच वटा फिल्महरु एकसाथ प्रदर्शनमा आउनु पक्कै पनि फाईदाजनक होइन । एक आपसमा फिल्म जुधाएर आफुलाई पर्ने घाटा बारे निर्माता, वितरक र हलवालबिच छलफल चलाएर फिल्म प्रदर्शनमा सहज व्यवस्थापन गर्ने कि ?
For More videos Log on to Mazzako TV