नायिका नीता ढुंगानाका प्रेमी नायक आमेश भण्डारीले आफ्नो फेसबुक वालमा आफु ‘सिङ्गल’ रहेको जनाउ दिने स्टाटस अपलोड गरेका छन् । शनिबार राती आमेशले आफ्नो फेसबुकमा लेखेका छन्, ‘एकल हुनु पाप हो कि उपहार ?’ ’ उनले थपेका छन्, ‘तिमी निर्णय गर ।’

amesh-bhandari-status

आमेशको यस प्रकारको स्टाटसले के बताउँछन्, भने नीतासँग उनको प्रेम सम्बन्ध कायम छैन । नीताले पनि फिल्म ‘निर्भय’ को प्रेसमिटमा आमेशलाई ‘असल साथी’ मा सिमित राख्दै प्रेम प्रसँग बारे छोटो बोलेकी थिइन् । कुनै समय ‘लिप किस’ र एउटै विछ्यौनाको तस्बिर फेसबुकमा पोस्ट गर्ने आमेश र नीता केही समयदेखि फेसबुकमा सिङ्गल तस्बिर राख्ने गर्दछन् । यसको अर्थ उनीहरु हाल प्रेम सम्बन्धमा छैनन् । भलै उनीहरुले प्रेम छुटेको मुखले खोलेका छैनन् । फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ प्रदर्शनताका नीता र आमेशको प्रेम झरपस्ट भएको थियो ।

Amesh and Neeta 1

आमेशसँगको प्रेम प्रसंग बारे नीताले यसो भनेकी छिन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV