नायिका रेखा थापा, चर्चित हाँस्य व्याङ्ग्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जनसेवाश्री पदक पाउने भएका छन् । यस्तै विल्सन विक्रम राई ‘तक्मे बुढा’, निर्देशक दयाराम दाहाल लाई पनि यही पदक दिईंदैछ । आज सार्वजनिक बजेट भाषणमा यी कलाकारहरुलाई यो सम्मान दिने घोषणा गरिएको हो ।

Rekha Thapa new video

१६ वर्षको उमेरमै ‘हिरो’ फिल्मबाट नेपाली फिल्ममा नायिकाको रुपमा उदाएकी रेखा थापा यस क्षेत्रकी ‘लिडिङ लेडी’ हुन् । करिब दुई सय वटा नेपाली फिल्ममा अभिनय गरेकी रेखाले दर्जनौं व्यापारिक सफल फिल्महरु दिएकी छन् । फिल्म निर्माणमा समेत सक्रिय रेखा पछिल्लो केही वर्षदेखि समाज सेवामा पनि जोडिएकी छिन् । आफ्नै नामको रेखा थापा फाउण्डेशन स्थापना गरेर रेखाले राउटे समुदायदेखि भूकम्प प्रभावित सहयोग गरिन् । आफुले निर्माण गर्ने फिल्महरुमा नारी सशक्तिकरणको आवाज उठाउने रेखा थापा समाजको एक वर्गको लागि प्रेरणाको श्रोत हुन् । उनी बेलाबेलमा राजनीतिक वृत्तमा पनि चर्चामा रहन्छिन् ।

Dhurmus-Suntali-3

यस्तै लामो समयदेखि साप्ताहिक हाँस्य व्याङ्ग्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ बाट दर्शकको मन जितेका ‘धुर्मुस र सुन्तली’को जोडी भूकम्प प्रभावितको बस्ती पुर्ननिर्माण गर्ने कार्यमा सक्रिय छ । भुकम्पबाट प्रभावितहरुका लागि पहिलो नमुना बस्ती निर्माण गरेर पुन: दोस्रो बस्ती निर्माणमा लागेका उनीहरुलाई अहिले ‘रियल हिरो’ को रुपमा लिने गरिन्छ । उनीहरु अहिले काभ्रेको गिरान्चौरमा अर्को वस्तीको पुर्ननिर्माणमा व्यस्त छन् ।

dayaram-dahal

झण्डै दुई दशकदेखि फिल्म निर्देशनमा रहेका दयाराम दाहालले थुप्रै व्यापारिक हिट फिल्म दिएका छन् । उनले विशेषतः पारिवारिक र प्रेमको विषयमा फिल्म निर्देशन गर्दछन् ।

Wilson-Bikram-Rai-TAKME-BUDO

कलाकार विल्सन विक्रम राई हाँस्य व्याङ्ग्य क्षेत्रमा परिचित नाम हो । देश तथा विदेशका कार्यक्रमहरुमा उनको व्यापक माग हुने गर्दछ । उनले बेला बखत आफ्नो कमाईको केही भाग सामाजिक सेवामा लगाउने कार्य गर्दै आइरहेका छन् । उनले निभाएको ‘तक्मे बुढा’ भूमिका दर्शकमाझ हिट छ ।

For More videos Log on to Mazzako TV