माधव वाग्लेलाई राजकुमार राईको सल्लाह, ‘नयाँ प्रयोग गर्नुस्’
चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई र निर्माता माधव वाग्लेबिचको विवाद गएको वर्ष उत्कर्षमा पुगेको थियो । राईले आफ्नो कार्य कक्षमा आफुलाई हात हालेको भन्ने समेत आरोप लगाएका निर्माता वाग्लेले महानगरिय परिसरसम्म यो विवाद पुर्याएका थिए । पछि पुगेको राई र वाग्लेविचको विवाद आफैं सेलाएको थियो ।
विवाद साम्य भएको लामो समय पछि वोर्ड अध्यक्ष राईले निर्माता वाग्लेलाई एउटा सल्लाह दिएका छन्, त्यो पनि प्रेसमिटमा । फिल्म ‘तीन घुम्ती’ मा प्रमुख अतिथि बनेर पुगेका अध्यक्ष राईले नेपाली फिल्ममा नयाँ प्रयोग हुनुपर्ने जोड दिदैं माधव वाग्लेको नामै लिएर भने, ‘यहाँ निर्माता माधव वाग्ले पनि हुनुहुन्छ मेरो उहाँलाई पनि सल्लाह छ, नयाँ प्रयोग गरेर फिल्म बनाउनुस् । नयाँ विषय छान्नुस् ।’
चर्को विवाद परेका अध्यक्ष राईले आफ्नो नामै लिएर यसो भन्दा निर्माता वाग्ले भने मुसुमुसु हाँसिरहेका थिए । प्रेसमिटमा यस प्रकारको दृश्य देख्दा हलमा सहभागीले ताली पिटेका थिए ।
For More videos Log on to Mazzako TV