महानायकले किन सेयर गरेनन् ‘सकुन्तला’ टिजर ?
मंगलबार फिल्म ‘सकुन्तला को टिजर रिलिज गरियो । महानायक राजेश हमाल तेश्रो लिङ्गी बनेको यो फिल्मको टिजरको यतिबेला राम्रै चर्चा भैरहेको छ । अनलाईन मिडियामा यसको कभरेज उत्कृष्ट छ । लामो समयपछि महानायक हमाल अभिनित फिल्मप्रति एक प्रकारको उत्सुकता पैदा भएको छ । के यो उत्सुकता स्वयम महानायकलाई पनि होला ? हुनुपर्ने हो, तर हमालको फेसबुक टाइमलाइन हेर्दा भने ‘सकुन्तला’ प्रति उनको उत्सुकता हुँदै नभएको जस्तो भान हुन्छ । किनकी आफु अभिनित फिल्मको टिजरलाई उनले आफ्नो फेसबुक वालामा सेयर गरेका छैनन् । ‘सकुन्तला’ को टिजर सार्वजनिक भएपछि महानायको फेसबुकमा भिडियो र फोटो गरी दुई पोस्ट छन् ।
तर ‘सकुन्तला’ टिजर उनको फेसबुक टाइमलाइनमा छैन । आखिर किन हमालले आफ्नै फिल्मको टिजर सेयर गरेनन् ? यहाँ गम्भिर रहस्य अवश्य पनि लुकेको छ । ‘सकुन्तला’ कोे टिजर उनको कन्सेप्टमा बनेनन् या बनेको टिजर मन परेन ? अथवा नारी भेषको फिल्मको टिजर सेयर गर्न उनलाई लाज लाग्यो ? या अरु नै कुनै कारण छ । त्यो भने हामी चाँडै नै पत्ता लगाउने छौं । जे होस् दिनेश श्रेष्ठ निर्देशित फिल्म ‘सकुन्तला’ टिजर फेरी हेर्नुस् । पूरा फिल्म भदौ १० गते देखि प्रदर्शनमा आउँदैछ ।