चलचित्र निर्माता संघको कार्य समितिबाट तीन जना पदाधिकारीहरुले राजीनामा दिएका छन् । उपाध्यक्ष उदय सुब्बा, सदस्यहरु डिक खड्का र गोविन्द शाहीले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

uday-dik-govinda

निर्माता संघलाई फुटाउन लागि परेका चलचित्र कलाकार संघका पुर्व अध्यक्ष नवल खड्काले तीन जनाको तस्बिर सहित उनीहरुले दिएको राजीनामा पत्र आफ्नो फेसवुक वालमा पोस्ट गरेका छन् । उनी भावी निर्माता संघको अध्यक्ष बन्न ताकेता गरिरहेका छन् । ‘तत्कालिन र दीर्घकालिन सोचका साथ गर्नुपर्ने कार्य गर्न नसक्नु, आर्थिक हिनामिनाको आरोप लाग्नु, असन्तुष्टि निर्माताहरुले संघलाई फुटको संघारमा पुर्याउँदा पनि नेतृत्वकर्ता मौन बसेको…’ जस्ता आरोप उदय, डिक र गोविन्दले जारी गरेको संयुक्त राजीनामा पत्रमा उल्लेख छ । राजीनामा पत्र यस्तो छ :

rajinama-edited

तीन जना कार्य समिति पदाधिकारीको राजीनामा आएपछि अध्यक्ष राजकुमार राईले कस्तो कदम चाल्छन् ? त्यो चासोको विषय बनिरहेको छ ।

For More videos Log on to Mazzako TV