१८ लागिन् आना : ‘ग्याङस्टार ब्लुज’ सँग यसरी काटिन् केक
‘जेरी’ डेव्यु नायिका आना उर्फ अन्नपूर्ण शर्मा आजबाट १८ औं वर्षमा प्रवेश गरेकी छन् । आनाको १८ औं जन्मदिनलाई फिल्म ‘ग्याङ्स्टार ब्लुज’ युनिटले मज्जाको बनाइदियो ।
जावलाखेलस्थित एक क्याफेमा निर्माता सरोज न्यौपाने, कार्यकारी निर्माता मनिष पन्त र निर्देशक हेमराज विसीले आनाको जन्मदिनमा ‘सप्राईज वर्थ डे केक’ काटिदिए । ‘पहिलो पटक यसरी वर्थ डे मनाएको हो, निकै नै खुसी लागिरहेको छ’ वर्थ डे गर्ल शर्माले भनिन्, ‘सबैलाई धेरै धेरै धन्यवाद ।’ ‘जेरी’ पछि आनाले हेमराज विसीले नै निर्देशन गर्ने फिल्म ‘ग्याङस्टार ब्लुज’ मा अभिनय गर्दैछिन् ।
आनालाई जन्मदिनको शुभकामना दिन आमा रचना शर्मा सहित ‘ग्याङस्टार ब्लुज’ का मुख्य पात्रहरु गौरव पहारी, आशिरमान देशराज र ‘गाजलु’ का निर्माता रोहित अधिकारी त्यहाँ पुगेका थिए । यस्तै कक्षा १२ मा विशिष्ट श्रेणीमा उत्तिर्ण भएकोमा नव नायक आशिरमान देशराजलाई पनि ‘ग्याङस्टार ब्लुज’ युनिटले केक काट्दै बधाई दियो ।