युट्युवमा ‘वडा नं ६’ लाई एक सातामा १७ लाख बढी भ्युअर्स
सार्वजनिक प्रदर्शनमा राम्रो समिक्षा र राम्रो कमाई गर्न सफल फिल्म ‘वडा नं ६’ ले युट्युवमा पनि उल्लेख्य दर्शकको साथ पाइरहेको छ । दिपकराज र दीपाश्रीले निर्माण गरेको यो फिल्मलाई युट्युवमा अपलोड गरिएको एक सातामै १७ लाख बढीले भिजिट गरेका छन् । आमा सरस्वती देवी फिल्मसको प्रस्तुती रहेको फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।
फिल्ममा दिपकराजसँगै प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई, किशोर खतिवडा लगायतको अभिनय रहेको छ । यही टिमको तेश्रो प्रस्तुती ‘छक्का पञ्जा’ को यतिबेला सम्पादन कार्य भैरहेको छ । दीपाश्रीले निर्देशन गरेको फिल्म भदौ २४ गते प्रदर्शनमा आउनेछ । युट्युवमा हिट भैरहेको फिल्म ‘वडा नं ६’ तपाईं पनि हेर्नुस् :