रेखा थापा र कामेश्वर चौंरासियाको जोडी रहेको फिल्म ‘पलाँस’ छायाँकन सुरु भएको छ । रौतहट जिल्लाको चपुरबाट यसै साता देखि छायाँकन सुरु भएको हो । कृषा चौंलागाईंले निर्माण गरेको ‘पलाँस’ मा रेखा र कामेश्वर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् ।

rekha-thapa-kameswor-chaulaguin

सुवास कोईरालाले निर्देशन गर्दै गरेको फिल्मको विषयवस्तु खुलाईएको छैन । फिल्मका कलाकारको लुक्स पनि गोप्य नै राखिएको छ । बुझिएअनुसार सिङ्गल स्टेशनकी क्विन रेखा हालसम्मका फिल्महरुमा भन्दा फरक भूमिकामा प्रस्तुत हुदैछिन् भने ‘रेशम फिलिलि’ का हरिया पनि दमदार भूमिकामा प्रस्तुत हुँदैछन् ।

सुसन प्रजापतिको छायाँकन रहेको ‘पलाँस’ को सबैजसो छायाँकन तराई भेगमा हुनेछ । यो फिल्मलाई सिङ्गल र मल्टिप्लेक्स दुवै वर्गका दर्शकलाई लक्षित गरी निर्माण गरिंदैछ ।

For More videos Log on to Mazzako TV