गत जेष्ठ २८ गतेबाट सुरु भएको फिल्म अनागतको ९० प्रतिशत छायांकन सकिएको छ । यो फिल्मको यतिबेला राजधानी भन्दा केहि परको फुटुङकोमा भाडामा लिएको एउटा घरमा छायाँकन भैरहेकोे छ । पति–पत्नी बीचको दाम्पत्य जीवनमा अपरिचित सम्बन्धले परिवारभित्र निम्ताएको मानसिक द्धन्द्धलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।

priyanka-karki-and-arpan-thapa-in-anagat1

फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा, रोसिन सुवेदी लगायतको अभिनय रहेको छ । ‘पत्नी कृति (प्रियंका कार्की) ले योजना बनाएर आफ्नो हत्या गर्न लागेको भान सुरेश (अर्पण थापा) लाई छ । यस्तै सोचाइले निम्त्याउने परिस्थिति नै अनागत हो ’ फिल्म बारे एक लाइनमा भने ।

priyanka-karki-and-arpan-thapa-in-anagat

अर्पण थापा फिल्ममा एउटा पेन्टरको रुपमा देखिदै छन् । ‘सुन्तली’ पछि प्रियंकासंग अर्पणले पर्दा सेयर गरिरहेका छन् । ‘अभिनयले नै धानेको फिल्ममा काम गर्न पाउँदा आफुलाई म लक्की ठान्छु । यसमा निभाएको श्रीमानको भूमिकालाई न्याय गर्ने प्रयास गरेको छु ।’

priyanka-karki

प्रियंका कार्की पनि ‘अनागत’ मा एक पेन्टरको भूमिकामै पस्तुत भएकी छन् । ‘यस प्रकारको फिल्ममा काम गर्दा निकै रमाइलो भैरहेको छ’ उनले सुटिङ अनुभव सुनाईन्, ‘यतिबेला सुरेशकै श्रीमती हुँ कि जस्तो पनि लाग्छ । किनकी हामी निकै कम कलाकार छौं र काम पनि निकै मेहनतका साथ् गरिरहेका छन् ।’ प्रियंकाको यस प्रकारको भूमिका पहिलो पटक निभाउँदै छिन् ।

arpan-thapa

‘अनागत’ लाई चन्द्र के झा र प्रवचन श्रेष्ठले लेखेका हुन् भने माउण्टेन रिभर फिल्मस् र टाइनी बट बिग पिक्चर्सको ब्यानरले फिल्म निर्माण गरेका छन् ।

For More videos Log on to Mazzako TV