अनमोल केसी ब्यानरमा निर्माण भएको फिल्म ‘म त तिम्रै हुँ’ को शिर्ष गीति भिडियो रिलिज गरिएको छ । सुस्मिता वम्जनले निर्माण गरेको यो फिल्म साउन ७ गतेबाट प्रदर्शनमा आउँदैछ । सार्वजनिक ‘म त तिम्रै हुँ’ को शब्द तथा सगीत हर्कुलस बस्नेतको रहेको छ भने स्वर बस्नेत र निकिता थापाले दिएका छन् । भिडियो हेर्नुस् :

पाल्पाको दरबार, चितवन, मकवानपुरको रमणिय स्थलमा खिचिएको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई फिचरिङ छन् । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । श्रीराम महतले निर्देशन गरेका हुन् । फिल्ममा आकाश र ज्योत्सनासँगै सुस्मिता केसी, सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ । सौरभ लामाको छायांकन रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन छ । सुस्मिता स्वयमको कथा रहेको ‘म त तिम्रै हुँ’ मा सुवास थापाको पनि लगानी छ ।

For More videos Log on to Mazzako TV