सिन्धुपाल्चोकको गिरान्चौरमा एकिकृत बस्ती निर्माण गर्दै गरेका धुर्मुस सुन्तलीलाई नायिका रेखा थापापछि नायक राजवल्लभ कोइरालाले आर्थिक सहयोग गरेका छन् ।

raj-ballav-status

हाल अमेरिका रहेका नायक कोइरालाले धुर्मुस सुन्तली फाउण्डेशनलाई आफ्ना हजुरबुवा टिका बल्लभको नाममा रु.एक लाख एक हजार सहयोग गर्ने प्रतिवद्धता आफ्नो भेरिफाइड फेसबुक पेजबाट गरेका हुन् । शनिबार साँझतिर राजबल्लभले फ्यान पेजमा लेखिएको स्टाटसमा उल्लेख छ, ‘दुई दिन भित्रै सो रकम सिताराम कट्टेल (धुर्मुस) को हातमा पर्नेछ । यो संकल्प पनि गरे ।’ रेखा थापाले गएको साता धुर्मुस र सुन्तलीयो यो सामाजिक कामलाई एक लाख रुपैयाँ सहयोग गरेकी थिइन् ।

For More videos Log on to Mazzako TV