पूजना प्रधानले पनि बनाईन् टाटु : दाहिने पिठ्युमा शिव र पार्वती
लाग्छ, नेपाली नायिकाहरुमा टाटु खोपाउने लहड नै चलेको छ । करिश्मा मानन्धर, सुष्मा कार्की, प्रियंका कार्की लगायत हिरोइनहरुपछि नायिका पूजना प्रधानले पनि टाटु खोपाएकी छन् ।
एक समय धर्मकर्ममा सक्रिय भएर लागि परेकी उतिबेलाकी पूजना स्त्रीले आफ्नो दाहिने पिठ्युमा शिव र पार्वतीको चित्र बनाएकी छन् । गत बिहिबार फिल्म ‘होवमर्क’ को प्रिमियरमा सहभागी हुँदा पूजनाले पिठ्युको टाटु मज्जैले प्रदर्शन गरिन् । छोपिएको टाटुको भाग पनि हातले कपडा पन्छाउँदै पूजनाले क्यामेरामा पोज दिएकी थिइन् ।
एक महिना अगाडी टाटु खोपाएको बताउने पूजनाले रहरले पिठ्युमा शिव पार्वती बनाइन् या अन्य नायिकाको लहडमा बनाइन् ? त्यो उनी जानुन् । तर, पूजनाले बनाएको शिव र पार्वतीको टाटु भने निकै नै देखिन्थ्यो ।
For More videos Log on to Mazzako TV