‘होमवर्क’ र ‘वुद्ध वर्न ईन नेपाल’ को पनि झुर बोहनी : ‘गाजलु’ ले लगाउला त मोहनी ?
बैशाख पछि जेठको पहिलो साता प्रदर्शनमा आएका फिल्महरुले पनि बोहनी झुर गरेका छन् । गत शुक्रबार, जेठ ७ गतेदेखि प्रदर्शनमा आएका दुई फिल्महरु ‘होमवर्क’ र ‘वुद्ध वर्न ईन नेपाल’ ले सुखद् सुरुवाती व्यापार गर्न सकेनन् । शुक्रबार अत्यन्त न्युन व्यापार गरेका यी दुई फिल्महरुको व्यापारमा शनिबार पनि देशका केही भेगमा वर्षाको प्रभाव पर्यो । सार्वजनिक बिदाको दिन शनिबार हलको टिकट काउन्टरमा दर्शकको लामो लाइन लागेन ।
तर, फिल्म ‘होमवर्क’ ले चावहिलको गोपिकृष्ण मुभिजमा शनिबारका केही शोजमा राम्रै दर्शक पायो । सोही कम्पनीले निर्माण गरेको यो फिल्मको प्रचार गोपिकृष्णलाई लक्षित गरी व्यापक गरिएको थियो । त्यहाँ बाहेक अन्य हलहरुमा भन दुवै फिल्ममा दर्शकको चाप उच्च भएन । लामो समयपछि फिल्म निर्माण तथा अभिनयमा फर्किएका रमित ढुंगाना र फरक भूमिकामा देखिएका नायक आर्यन सिग्देललाई के दर्शकले नपत्याएकै हुन् त ? दुइै फिल्मको न्यून व्यापारले यही प्रश्न उब्जाएका छन् ।
उसो त गत सालको अन्त्यमा प्रदर्शनमा आएका ‘राम प्यारी’ र ‘नाईं नभन्नू ल ४’ पछि नेपाली फिल्महरुमा दर्शकको खडेरी लागि रहेको छ । ‘जंगे’ फिल्म सुपरफ्लप बन्दा ‘हाउ फन्नी’ र ‘बाटो मुनिको फूल २’ ले पनि नेपाली हलहरुबाट लगानी सुरक्षाको व्यापार गर्न सकेनन् । फिल्म ‘के म तिम्रो होइन र’ ले पनि आशातित उच्च व्यापार गर्न सकेन ।
अब हेमराज विसी निर्देशित ‘गाजलु’ लाई मात्रै दर्शक तान्ने फिल्मको रुपमा हेरिएको छ । अनमोल केसी र सृष्टि श्रेष्ठ स्टारर यो फिल्म जेठ २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV