भदौ ३१ देखि फुक्ने ‘गाँठो’ मा नाजिर हुसेनको नयाँ लुक्स (गीत र पोस्टर सहित)
सुरज भूषाल निर्देशित फिल्म ‘गाँठो’ को नयाँ प्रदर्शन मिति तोक्दै गीत र क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजना गरिएको प्रेसमिटमा निर्देशक भूषालले ‘गाँठो’ भदौ ३१ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिए ।
अनुपम शर्माको शब्द, स्वर तथा संगीत रहेको ‘गाँठो’ को गीति भिडियोमा फिल्मका मुख्य तीन पात्रहरु नाजिर हुसेन, नम्रता श्रेष्ठ (नव नायिका) र अभय बराल फिचरिङ छन् । भिडियो यस्तो छ :
यस्तै सार्वजनिक ‘गाँठो’ को क्यारेक्टर पोस्टरमा कलाकार नाजिर हुसेन हालसम्म उनले अभिनय फिल्महरुमा भन्दा को नयाँ लुक्स भिन्न छ । डेडलक कपालमा उनी खतरनाक लाग्छन् ।
यसअघि ‘मौन’ र ‘होस्टेल रिटन्र्स’ जस्ता फिल्महरु निर्देशन गरेका निर्देशक भूषालले ‘गाँठो’ लाई सम्बन्धहरुको कथा भनेका छन् ।
वट् वाल ईन्टरटेनमेन्टको प्रस्तुतीमा तिलक बहादुर क्षेत्रीको लगानी रहेको फिल्मलाई नरेन्द्र मैनालीको खिचेका हुन् ।
For More videos Log on to Mazzako TV